आर्थिक

एनएमबि बैंक सामुदायिक विद्यालयहरुलाई डष्टविन वितरण

काठमाण्डौ । एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न कार्यहरु गरिरहेको छ । सोही बमोजिम ५ नं. प्रदेशको कपिलवस्तु जिल्लामा रहेको बैंकको पकडी शाखाले मायादेवी गाऊँपालिकामा रहेका सामुदायिक विद्यालयहरुलाई ६६ थान डष्टविन प्रदान गरेको छ । उक्त अवसरमा शहरी विकाश मन्त्री महमद स्तियाद राई, गाऊँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष लगायतका तीन हजार भन्दा बढी स्थानिय जनसमुदायहरुको उपस्थित थियो ।

त्यसैगरी बैंकको चन्द्रौटा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिवराज नगरपालिकाका आगलागी पिडितहरुलाई खाद्यान्न, म्याट्रेस, लामखुट्टेको झुल लगायतका सामानहरु प्रदान गरेको छ । सो अवसरमा संघिय संसदका सदस्य श्री अर्जुन कुमार के.सी., शिवराज नगरपालिकाका मेयर नेत्र राज अधिकारी, वडा नं. ३ का अध्यक्ष टेक लाल सापकोटा, चन्द्रौटा चेम्बर अफ कर्मसका अध्यक्ष महादेव पोखरेल लगायतका महानुभावहरुको उपस्थिती थियो ।
उपरोक्त राहत सामाग्रीहरु बैंकका प्रदेश नं. ५ का मेनेजरहरु दिविर विक्रम शाह र कमल न्यौपानेले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।