आर्थिक

सनराइज बैंक र यूनियन लाइफबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सनराइज बैंक र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । बैंकास्योरेन्स सम्झौता अनुसार सन्राइज बैंकले देश भर रहेका १०५ वटै शाखाबाट यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा योजना बिक्री गर्न सक्नेछ । ।

सन्राइज बैंकको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण बीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

ग्राहकहरुले सन्राइज बैंकका देशभरीका शाखाबाट यूनियन लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । यो सम्झौताले जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुनेमा बैंक विश्वस्त छ ।