आर्थिक

ढुंगेधारामा प्रभु बैंकको नयाँ शाखा

काठामाडोँ । प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ ढुंगेधारामा सोमबारदेखि ढुंगेधारा शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ । बैंकको ढुंगेधारा शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले एक समारोहका विच समुद्घाटन गरेका हुन् ।

प्रभु बैंकका सञ्चालक समितिका अध्यक्ष देवि प्रकाश भट्टचनको अध्यक्षतामा सम्पन्न भएको ढुंगेधारा शाखा कार्यालय उद्घाटन कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले शुभकामना मन्तव्य राखेका थिए । प्रमुख अतिथिको तर्फबाट मन्तव्य राख्नु हुँदै डेपुटी गभर्नर शिबराज श्रेष्ठले प्रभु बैंकले देशका विभिन्न स्थानमा आफ्नो शाखा सञ्जाल विस्तार गरी बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणलाई आफ्नो गुणस्तरीय सेवा प्रवाह गर्दै आई रहेकोमा अब ढुंगेधाराबासीले आफ्नै घर आँगन नजिकबाट विना झण्झट प्रभु बैंकको बैंकिङ्ग सेवा सहज रुपमा उपभोग गर्न सक्ने अवसर प्राप्त भएको बताए ।

शाखा कार्यालय उद्घाटन कार्यक्रमका अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रतिनिधी, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धि जिवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

आजदेखि सञ्चालनमा आएको प्रभु बैंकको ढुंगेधारा शाखा कार्यालयबाट त्यहाँका स्थानीयतहका सेवाग्राही, सर्वसाधारण, कम्पनी तथा संघ संस्थाले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने छन् र ढुंगेधारा क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने छ भन्ने बैंकले विश्वास लिएको छ ।