राजनीति

गगनको प्रश्नः प्रधानमन्त्री ज्यू सबै नेपाली जनतामा एकजनामात्र सरकारका कारण खुशी भएको देखाउन सक्नुहुन्छ ?

काठमाण्डौ । नेपाली कााग्रेसका केन्द्रीय सदस्य एबम् प्रतिनिधि सभा साँसद गगन कुमार थापाले सरकारले दाबी गरे अनुसार सात प्रदेश, ७५ जिल्ला र ७५३ वटै स्थानीय तहमा यस बर्ष सरकारका कारण खुसी रहेको एउटामात्र नेपाली देखाउन चुनौती दिएका छन् । साँसद थापाले विद्यार्थी, शिक्षक, मजदुर, किसान, उद्यमी व्यवसायी आदिलाई सोध्दा यो वर्ष मेरा निम्ति सुखद वर्ष रह्यो भन्ने एक जना भेटाइदिन अर्थमन्त्री डा. युवराज खतिवा, प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।
थापाले केपी ओली सरकारले सरकारले चालेका हरेक कदमका कारण जनता खुशी भएका छन्, दैनिक रुपमा देशमा उन्नती भएको छ भन्न्े कुराको गम्भीर खण्डन गर्दै सरकारले तथ्यगत रुपमा जनतामा म्यासेजन नदिएर मनोग रुपमा जनतामा भ्रम श्रृजना गर्न खोजेको आरोप लगाएका छन् । पुर्ब स्वस्थ्यमन्त्ती समेत रहेका साँसद थापाले सरकारको बुंदागत रुपमा आलोचना गर्दै सरकारको नीति तथा कार्यक्रमले देशलाई निकाश नदिएको आजको प्रि बजेट छलफलमा बताएका हुन् ।