अन्तर्राष्ट्रिय

सवारी दुर्घटनामा परी कम्तीमा १४ को मृत्यु

केन्या । केन्यामा आइतबार राती भएको सवारी दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । देशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने गारिसामा भएको दुर्घटनामा परी अरु केही घाइते पनि भएका प्रहरी अधिकारीहरुले सोमबार जनाएका छन् ।

प्रहरीका अनुसार दश जनाको घटनास्थलमै र अरु चार जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।  सिमेन्ट बोकेको एउटा ट्रकसँग यात्रु बोकेको बस ठोक्किएर दुर्घटना भएको बताइएको छ । घाइतेहरुलाई गारिसा अस्पतालमा लगिएको छ ।

कतिपय घाइतेहरुहको अवस्था अन्त्यन्त गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाई छ ।  प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको जनाएको छ । केन्यामा यस्तै दुर्घटनामा परी वार्षीक तीन हजार भन्दा बढीको मृत्यु हुने गरेको छ ।