आर्थिक

नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा सुनसरी देवान गंज गाँउपालिकामा ८० औं शाखा विस्तार

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंकले सुनसरीको देवान गंज गाँउपालिकामा आफनो ८० औं शाखा विस्तार गरेको छ । देवान गंज गाँउपालिका वडा नं. २ स्थित देवान गंज बजारमा खोलिएको यो शाखाले स्थानीय ५० हजार जनतालाई वित्तिय सुविधा प्रदान गर्ने छ । बैंक परिसरभित्रै केही समयमानै एटिएम सेवा पनि संचालनमा ल्याइँदै छ ।

शाखाको देवान गंज गाँउपालिकाकी उपाध्यक्षपुनिता देवी यादवले उद्घाटन गरे । उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे लगायत बैंकका कर्मचारी तथा स्थानीय महानुभावको सहभागिता रहेको थियो । बैंकले वित्तिय साक्षरता अभिबृद्धिका लागि ग्रामिण क्षेत्रमा शाखा विस्तार अभियानलाई निरन्तरता दिने क्रममा प्रदेश नं. १ मा शाखा थप गरेको हो ।

हाल बैंकले काठमाण्डौं उपत्यकाभित्र २४ तथा उपत्यकाबाहिर ५६ वटा शाखा संचालनमा ल्याएको छ । सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा, एक सय ११२ वटा एटिएम तथा १३ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखा रहित बैंकिङ सेवामार्फत बैंकले आफ्ना ग्राहक सन्तुष्टीलाई उच्चतम स्थान दिइरहेको छ ।

द्यबलप या तजभ थ्भबच पाँच पटक प्राप्त गरिसकेको ल्क्ष्द्यी ले उत्कृष्ट सेवा तथा व्यवसायमा गरेकोे अब्बल प्रदर्शनका कारण भ्गचयmयलभथ नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट भ्गचयmयलभथ बधबचम ायच भहअभििभलअभ“द्यभकत द्यबलप द्दण्ज्ञड” अवार्ड प्राप्त गर्न सफल भएको छ भने यसै बर्ष इक्रा नेपालद्धारा प्रदान गरिदै आएको क्रेडिट रेटिङ्गमा ब् बाट ब् ं ल्याई स्त्तरोनन्ति गरेको छ ।