खेलकुद

छैटौँ-सातौँ राष्ट्रियबीच भलिबल प्रतियोगिता आगामी जेठमा हुने

काठमाडौँ । नेपाल भलिबल सङ्घको आयोजना तथा कास्की जिल्ला भलिबल सङ्घको व्यवस्थापनमा छैटौँ महिला तथा सातौँ पुरुष राष्ट्रियबीच भलिबल प्रतियोगिता आगामी जेठमा हुने भएको छ ।

उक्त प्रतियोगिता आगमी जेठ २३ देखि २५ गतेसम्म पोखरामा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए। प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सात प्रदेशको सहभागिता रहनेछ ।

प्रत्येक प्रदेश र विभागीय महिला/पुरुष दुई–दुई टोली गरी ४० टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको महिला र पुरुष पहिलो हुने टोलीले रु ३० हजार, दोस्रो हुनेले रु २० हजार र तेस्रो हुने टोलीले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

आगामी मङ्सिरमा हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग)को तयारीका लागि सङ्घले उक्त प्रतियोगिता आयोजना गर्न लागेको महासचिव चन्दले बताए। खेलाडी छनोट गरी उनीहरुलाई बन्द प्रशिक्षणमा राखिने उनले जानकारी दिए।