समाचार

गीत चोरीमा गल्ती गर्यो अर्कैले दुःख पायो म्युजिक नेपालले, प्रहरी परिसरमा भयो मिलापत्र

काठमाण्डौ । साबित्रा चिलुवाल (धनमाया)ले आफूले दुई बर्ष अगाडि गीत रेकर्डिगं गरेको गीत म्युजिक नेपालले चोरेको भन्दै महानगरिय परिसर टेकुमा दिएको उजुरीमा दुईपक्षबीच सहमती खोजेर मिलाउने सहमती भएको छ । म्युजिक नेपालले आफूहरुसँग पाल्चौकी म्युजिक प्रा.लीका तर्फबाट डी एन राईसँग सम्झौता गरी भिडियो आफ्नो (म्युजिक नेपाल) युट्युव चयानलमा राखेकोले आफूहरु यसमा कुनै जिम्मेवार नभएको बताएको छ । साँगीतिक क्षेत्रको प्रतिष्ठीत संस्था म्युजिक नेपालले पाल्चौकीका प्रोपाईटर देव कुमार तामागं भएका र म्युजिक नेपालसँग सम्झौता गरेको प्रमाण आफूहरुसँग सुरक्षीत रहेको जनाएको छ । म्युजिक नेपालले आफूहरुलाई कपी भएको भन्ने जानकारी आउनासाथ आफ्नो युट्युवबाट हटाएको समेत दाबी गरेको छ ।

यसअघि देवकुमार तामागं, डीएन राई र साबित्रा चिलवालबीच कुरा गराउन म्युजिक नेपालले सहमती गराउन भूमिका खेलेपनि सहमती हुन सकेन र चिलवाल असन्तुष्ट भएर प्रहरीमा निबेदन् हालिन् । यसैबीचमा म्युजिक नेपालका म्यानेजर उत्तम थापा र साबित्रा चिलवालका बीच बाहिर बसेर सकेसम्म छिटो समाधान खोज्ने सहमती प्रहरी परिसरका प्रमुख उत्तम सुबेदीको कार्यकक्षमा भएको छ । आजको छलफलमा पाल्चौकी मिडिया प्रालीका तर्फबाट सहमती गर्ने डीएन राई भने उपस्थिति थिएनन्, प्रहरी परिसरबाट सम्पर्क गर्दा समेत उनको मोवाईल नउठेको बताईएको छ । डीएन राईलाई सम्पर्क गर्दा उनले हाम्रो कल समेत रिसिभ गरेनन् ।

सुर्यखबरसँगको कुराकानीमा आफ्नो गीत जसले गीत चोरी गरेको भएपनि छानबिन गरेर क्षतीपूर्ति गराउनुपर्ने माग सावित्रा चिलवालको छ । प्रहरी प्रमुख उत्तम सुबेदीले बाहीर मिल्ने दुबैपक्षको सहमतीमा तत्कालका लागि मिलापत्र गरिएको स्वीकार गरेका छन् । सम्झौता हुँदाहुंदैपनि बिना मत्लव दुःख पाउनुपरेको म्युजिक नेपालको धारणा छ । सम्झौता भएको भए उक्त धारणा मनाशिव नै देखिन्छ । गीत चोरी भएको भए साबित्रा चिलुवाल अन्यायमा नपरेकी होइनन् तर सही तरिकाले छाननि गर्नुपर्ने दायीत्व भने प्रहरी वा सम्बन्धीत पक्षको देखिएको छ ।