आर्थिक

नेप्सेमा सामान्य सुधार, पुग्यो एक हजार २९५.०३ बिन्दुमा

काठमाडौँ । नेप्सेमा आज सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.०७ बिन्दुले बढेर एक हजार २९५.०३ बिन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५१ बिन्दुले बढेर २७७.०३ बिन्दुमा पुगेको छ । स्टकका अनुसारका आज कूल १७१ कम्पनीको २६ लाख ६९ हजार ५९ कित्ता शेयर रु ८४ करोड ७६ लाख ९९ हजार ६६१ मूल्यमा खरीद बिक्री भए । स्टककाअनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज चार उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर भने ओरालो लागेको छ । होटल १००.२४, वित्त ०.४१, निर्जीवन बीमा ७६.०४ र उत्पादन ९८.७९ बिन्दुले बढेको छ ।

यस्तै बैंकिङ ०.५६, विकास बैंक ७.८५, जलविद्युत् १.२१, अन्य ०.३१, लघुवित्त १.६०, जीवन बीमा १०.०३ र म्यूचअल फण्ड ०.०८ बिन्दुले घटेका छन् । आज शिवम् सिमेन्टका लगानीकर्ताले ९.९८ प्रतिशतले कमाए ।

यस्तै प्रिमियर इन्स्योरेन्स ९.८७, ओरियन्टल होटल ८.७९, नेपाल हाइड्रो डेभलपर ८.१५, सूर्य लाइफ इन्स्योरेन्स कम्पनीका शेयधनीले ५.५७ प्रतिशतले कमाएका छन् । त्यस्तै सूर्योदय लघुवित्त वित्तीय संस्था ७.२६, नवील इक्विटी फण्ड ५.७८, सिनर्जी पावर डेभलपमेन्ट ४.९०, माउन्टेन हाइड्रो ४.३४ गण्डकी विकास बैंकका शेयरधनीले ३.७५ प्रतिशतले गुमाए ।