आर्थिक

इन्भेष्टमेण्ट बैंकको साखा अब सुनसरीको देवानगंजमा

ईटहरी । नेपाल इन्भेष्टमेण्ट बैंकले सुनसरीको देवानगंज गाँउपालिकामा आफनो ८० औं शाखा विस्तार गरेको छ । देवानगंज गाँउपालिका वडा नं. २ स्थित देवानगंज बजारमा खोलिएको यो शाखाले स्थानीय ५० हजार जनतालाई वित्तिय सुविधा प्रदान गर्ने, बैंक परिसरभित्रै केही समयमानै एटिएम सेवापनिसंचालनमा ल्याउने बैंकले जनाएको छ ।
शाखाको देवानगंज गाँउपालिकाकी उपाध्यक्ष पुनिता देवी यादवले उद्घाटन गरिन् । उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे लगायत बैंकका कर्मचारी तथा स्थानीयको सहभागिता रहेको थियो ।
बैंकले वित्तिय साक्षरता अभिबृद्धिका लागि ग्रामिण क्षेत्रमा शाखाविस्तार अभियानलाई निरन्तरतादिने क्रममा प्रदेश नं. १ मा शाखाथप गरेको हो ।
हाल बैंकले काठमाण्डौं उपत्यका भित्र २४ तथा उपत्यकाबाहिर ५६ वटा शाखा संचालनमा ल्याएको छ । सात वटै प्रदेशकाविभिन्न स्थानमा खोलिएका शाखा, एक सय ११२ वटा एटिएम तथा १३ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवामार्फत बैंकले आफ्ना ग्राहक सन्तुष्टीलाई उच्चतम स्थान दिइरहेको छ ।
बैंक अफ द ईयर पाँच पटक प्राप्तगरिसकेको नेपाल इन्भेष्टमेन्ट बैंकले उत्कृष्ट सेवा तथा व्यवसायमा गरेको अब्बल प्रदर्शनका कारण Euromoneyनामक अन्तर्राष्ट्रिय पत्रिकाबाट Euromoney award for excellence“Best Bank 2018” अवार्ड प्राप्तगर्न सफल भएको छ भने यसै बर्ष इक्रा नेपालद्वारा प्रदानगरिदै आएको क्रेडिट रेटिङ्गमा A बाट A +ल्याई स्त्तरोनन्ति गरेको छ