समाचार

डि.आइ.जि.विश्वराज पोखरेललाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेललाई दज्र्यानी चिह्न प्रदान गरिएको छ ।

गृह मन्त्रालयमा वैशाख १९ गते बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक पोखरेललाई प्रहरी नायब महानिरीक्षक पदमा बढुवाका लागि सिफारिश गरेपछि उनलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको हो ।

प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा उनलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दज्र्यानी चिह्न प्रदान गरेका हुन् । पोखरेललाई प्रहरी नियमावली, २०७१ ९संशोधनसहित० को नियम, २७ को उपनियम, ४ को प्रावधानअनुसार उक्त पदमा बढुवाका लागि सिफारिश गरिएको थियो ।