समाचार

प्रधानमन्त्री ओलीद्वारा हो चि मिन्ह हाउस अवलोकन

भियतनाम । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार हो ची मिन्ह हाउसको अवलोकन गरेका छन् । सन् १९५८ देखि १९६९ सम्म भियतनामका पूर्व राष्ट्रपति तथा पूर्व प्रधानमन्त्री हो चि मिन्ह उक्त हाउसमा बसेका थिए।

प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा नेता होको शयन, अध्ययन र वैठक कक्ष अबलोकन गरे। प्रधानमन्त्री ओलीले अतिथि पुस्तिकामा ‘कमरेड हो ची मिन्ह अमर रहुन्’ भनी उनको स्मरण गरेका थिए। सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागीलगायतको सहभागिता रहेको थियो ।