साहित्य

पारिजात विशेष कार्यक्रम, अभिनवद्वारा पुरस्कार घोषणा

काठमाण्डौ । अभिनव साहित्य समाजले आज २०७ औं मासिक श्रृङ्खला र पारिजात स्मृति दिवस मनाएको छ । पारिजातको ८३ औं जन्मजयन्तीको अवसरमा वसन्त रिजाल र अभिनवको अगुवाइमा केही समय अघी पारिजात अभिनव साहित्य तथा समाज सेवा पुरस्कार नामको कोष स्थापना समेत गरेको छ ।
सोही कोषको व्याजबाट हरेक वर्ष एकजना उपयोगी व्यक्तिलाई सो पुरस्कार प्रदान गर्ने निर्णय भएअनुरुप यस वर्षको लागि बैतडीकी चेली विमला चन्द सानुलाई नगद पाँचहजार सहित प्रथप सम्मान अर्पण गरिएको छ । आजको कार्यक्रममा वनस्पति विभागका महानिर्देशक सञ्जीवकुमार राइ, डा. शेषराज आचार्य, शीतल गिरीले समेत मन्तव्य दिएका थिए । सामाजको अध्यक्ष गोविन्द घिमिरेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा उद्घोषण शारदा पराजुली, समीक्षा परशुराम पराजुली र स्वागत मन्तव्य विमल अर्यालले गरेका थिए । डिल्लीराज अर्यालले पुरस्कार घोषणा गरेको सुनाएका थिए ।

आज वाचित रचनाहरु मध्ये सर्वश्री बद्रीप्रसाद सुवेदी,धनप्रसाद लामिछाने,कर्मशाही घर्तीमगर र नोर्बु घेलेलाई उत्कृष्ट रचना वाचन गरेवापत विभिन्न पुस्तक पुरस्कार दिएर सम्मान गरिएको थियो । अन्य सहभागीहरुमा ओमप्रसाद कोइराला, पुन्यगौतम विश्वास, धनश्याम प्रसाइ, मेनका पोखरेल सुमन पुडासैनी मित्र, गोविन्द नेपाल, मञ्जुश्री के।सी प्रधान, उर्मिला पन्त , बाजुराम पौडेल, सुशील आचार्य, बसन्त रिजाल, राजबाुबु श्रेष्ठ सागर, कुसुम शर्मा, महेन्द्र चालिसे, विजय विश्वास तामाङ, अच्युत पार्डल चिन्तन, रामप्रसाद घिमिरे, ऋचा आदि गरी ४१ जना थिए ।