आर्थिक

दुईपिप्लेमा एनसीसी बैंकको शाखा

लमजुङ्ग । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले लमजुङ्ग जिल्लाको मध्यनेपाल नगरपालिका, वडा नं. ४ दुईपिप्लेमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । दुईपिप्लेमा शाखा कार्यालय विस्तार गरे संगै बैंकको देशभर शाखा संख्या १२४ पुगेको छ ।

दुईपिप्ले र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्धेश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।