राजनीति

प्रधानमन्त्री जस्तो जनताको टाउको काटेर स्थापीत भएको पार्टी काँग्रेस होईनः नेता सिंह

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रय सदस्य प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको मर्यादा समेत ख्याल गर्न नसक्नु लजजास्पद भएको बताएका छन् । काठमाण्डौ क्षेत्र नम्बर १ ले गरेको नयाँबर्षको उपलक्षको चियापान तथा भेटघाट कार्यक्रममा बोल्दै पुर्ब उपप्रधानमन्त्री समेत रहेका नेता सिंहले नेपाली काँग्रेस भनेको जनतको अधिकारका लागि सार्बभौमसत्ता सम्पन्न बनाउन भूमिका खेलेको भन्दै देश र जनताका लागि रक्षा गर्नु रहेको बताए ।

नेता सिंहले नेपाली जनतालाई अधिकार दिलाउनका लागि जस्तोसुकै मूल्य चुकाउन तयार हुने पार्टी काँग्रेस हो । अहिलेको प्रधानमन्त्री केपी ओली जनताको टाउको काटेर स्थापीति भएको उदाहरण दिँदै माओबादी, एमाले जस्तो हिँसात्मक बाटोबाट स्थापी भएको पार्टी काँग्रेस नभएको बिचार ब्यक्त गरेका छन् । नेकपाको दुईतिहाई सरकार भएको भएपनि देशले राहत नपाउने ठोकुवा गर्दै संबिधान बनाउदा कम्युनिष्टका ४ जना विद्वान प्रधानमन्त्री भएपनि संबिधान जारी नभएको दृष्टान्त प्रश्तुत गरेका छन् ।

दुइतिहाई वा बहुमत जस्तो भएपनि संबिधानको भावना र मर्मबिपरीत अगाडी बढ्ने प्रयास गर्छ भने काँग्रेस चुप लागेर नबस्ने दाबी गरेका छन् । कार्यक्रममा प्रदेश सभा संसद राजेन्द्र गुरुङ र दीपेन्द्र श्रेष्ठले समेत बोलेका थिए ।