उर्जा

सञ्चारमन्त्री बाँस्कोटाद्वारा चिलिमे जलविद्युत केन्द्रको स्थलगत निरीक्षण

रसुवा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले शुक्रबार चिलिमे विद्युत्गृहको स्थलगत निरीक्षण गरेका छन्। सञ्चार मन्त्री बाँस्कोटाले स्वदेशी पूँजी तथा सीपबाट निर्माण भएको २२ मेगावाट क्षमताको सो विद्युत्गृहको निरीक्षण गरेका हुन् ।

विसं २०६० भदौ ८ गतेदेखि उत्पादन शुरु भएको उक्त विद्युत्गृहमा अवलोकनका लागि मन्त्री बाँस्कोटा पुग्दा त्यहाँ कार्यरत कर्मचारीले स्वागत गर्दै आयोजनाका प्राविधिक पक्षबारे जानकारी गराएका थिए । उनका साथ रसुवाका पूर्वसांसद्द्वय जनार्दन ढकाल, छोवाङ तेञ्जिङ तामाङ, नेकपाका पार्टी सचिव इन्द्र गोतामेलगायत नेकपाका जिल्लास्तरीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।