मनोरञ्जन

निर्माण हुँदै होस्टेल ब्याक अगेन

काठमाडौं । ‘होस्टेल’ र होस्टेल रिर्टन्सको पछि यही सिरिजको तेश्रो फिल्म ‘होस्टेल ब्याक अगेन’ निर्माण हुने भएको छ । यो चलचित्रलाई दुर्गेस फिल्मस् र काफिया फिल्मस्ले निर्माण गर्ने भएको छ । फिल्मको छायाँकन अमेरिकामै गरिने यसका निर्माता गोविन्द शाहीले जानकारी गराएका छन् ।

यो चलचित्रलाई सुनिल रावलले निर्देशन गर्नेछन् । उनीपछिल्लो समय अमेरिकामै छन् । सुनिलका अनुसार हरेक देशबाट अमेरिका अध्ययनका लागी गएका र होस्टेलमा बसेका युवायुवतीहरुको विषयलाई मुख्य कथा बुनेर होस्टल ब्याक अगेन निर्माण गरिँदै छ ।

आफुले यही फिल्मबाट निर्देशनमा डेब्यु गर्ने पनि सुनिलले बताएका छन् । फिल्ममा कथा स्वयम रावलको हो । यसको पटकथा, संवाद रायन राइजको रहनेछ । हाल स्क्रिप्टको काम भइरहेको पनि सुनिलले जानकारी गराएका छन् ।

आगामी अगस्टबाट छायाँकन सुरु हुने यो फिल्मको कलाकार चयन चाँडै सुरु गर्ने पनि सुनिलको कथन छ । अर्का निर्माता गोविन्द शाहीका अनुसार केही कलाकार नेपालबाट अमेरिका छायाँकनका लागि जानेछन् । तर बाँकी कलाकार अडिसनबाट अमेरिकामै चयन गरिने छ । होस्टलका विधार्थीका रुपमा अमेरिकामा नै अध्ययनका शिलशिलामा रहेका नेपाली बिद्यार्थीहरु हुनेछन् ।

रावलको निर्माणमा २०१३ मा होस्टलबाट अभिनेता अनमोल केसी, होस्टल रिटन्र्सबाट सुशिल श्रेष्ठ र नाजिर हुसेन डेब्यू भएका हुन् ।