आर्थिक

जावलाखेल ग्रुप अफ इन्डष्ट्रिज कोरेड रसियन बजारमा

काठमाडौँ । जावलाखेल ग्रुपअफ् इन्डष्ट्रिजले हाल नेपालीे बजारमा अत्याधुनिक रुसी प्रविधिद्धारा शुद्ध हिमालयन पानी र उच्चस्तरीय पदार्थको समिश्रणबाट बनेको रेड रसियन नामक क्लीयर स्प्रीट्स ल्याएको छ । उक्त रेड रसियनको स्वाद उत्कृष्ट छ भने यो शुद्ध र सर्वश्रेष्ठ पदार्थ प्रयोग गरी अत्याधुनिक रुसी डिस्टीलेशन, र्फमेनटेसन र फिल्टरेशन प्रविधिद्धारा उत्पादन गरिएको गुणस्तरीय पेयपदार्थ हो । रेड रसियन निट पिउनुका साथै विभिन्न ककटेलको रुपमा पनि पिउन सकिन्छ ।

क्लीयर स्प्रीट्सको पारखीको मागलाई ध्यानमा राखेर उक्तपेयको उत्पादन गरिएको हो जो स्वादर समिश्रणको एक अनुपम उदाहरण पनि हो । जावलाखेल ग्रुप अफ् इन्डष्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाह भने “क्लीयर स्प्रीट्स विश्वकै एक अति लोकप्रिय पेयमा पर्दछ र हामी यस्ता गुण्स्तरीय उत्पादन बजारमा प्रस्तुत गर्दै आउने छौं । ब्लेन्डिङ्ग एक कला हो र यसमा हामी दक्ष छौं । रेड रसियनले उपभोक्तालाई गुण्स्तर , स्वाद र मूल्यमा पनि पूर्ण सन्तुष्टि दिने विश्वास लिएका छौं”।

जावलाखेल गु्रपअफ ईन्डष्ट्रिजका गु्रप कार्यकारी निर्देशक शसिन जोशीकाअनुसार जावलाखेल ग्रुपअफ् इन्डष्ट्रिजले आफ्ना उत्पादनमा उच्च मापदण्ड निर्धारण गरेको छ र सोही परम्परालाई अगाडी बढाउदै १२ पटक फिल्टर गरी अत्याधुनि करसियन प्रविधिद्धारा रेड रसियनको उत्पादन गरिएको बताए । हाल बजारमा रेड रसियन ७५० मि. लि. को १,०००/-३७५ मि. लि. को ५००/-१८० मि. लि. को २५०/- मा उपलब्ध हुने छन् ।

जावलाखेल ग्रुपअफ इण्डष्ट्रिज (जेजीआई) विभिन्न मदिराजन्य पेय पद्धार्थको उत्पादन तथा विक्री वितरण र व्यवस्थापन गर्ने एक अग्रेणी व्यापारिक समूह हो । जेजीआईले डिस्टिलरी, बु्रअरी, अनुसन्धान र वितरण युनिटको संयुक्त कार्यबाट विभिन्न मदिरा जन्य पेय पदार्थका ब्रान्डहरु उत्पादन गर्दै आएको छ ।