आर्थिक

सिभिल बैंकले दियो १०.२५% बोनस

काठमाडौँ । सिभिल बैंकको सातौं र आठौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । उक्त सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकले आफ्ना शेयरधनीलाई आर्थिक वर्ष २०७३/०७४ को मुनाफाबाट बैंकको चुक्तापूँजीको १०.२५% का दरले हुन आउने ७४ करोड ४० लाख ७९ हजार ३१२ रुपैयाँ आठ पैँसा बराबरको बोनस शेयर वितरण गर्ने र ०.५४% का दरले हुन आउने ३ करोड ९१ लख ६२ हजार ०६९ रुपैयाँ छ पैँसा लागि नगद लाभांश वितरण गर्ने तथा आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट प्रति शेयर ४.०५% का दरले हुन आउने २९ करोड ४० लाख २ हजार ०६९ रुपैयाँ पैसट्ठी पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाले स्वीकृत गरेको छ ।

साधारण सभाले बैंककोे संस्थापक शेयरधनीको तर्फबाट इच्छाराज तामाङ्ग, अम्बीर बोगटी, प्रतापजङ्ग पाण्डे तथा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रकाश तायल, शम्भुप्रसाद पन्त र युगेश बहादूर मल्ललाई संचालक पदमा आगामी चार बर्षको लागि निर्विरोध निर्वाचित गरेको छ ।

साथै सभाले आ.व. २०७५/०७६ को लेखा परिक्षण गर्नको लागि बिआरएस न्यौपाने एण्ड कम्पनीलाई लेखा परिक्षकमा नियुक्त गरेको छ । सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहक सेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । हालसम्म बैंकको ७३ शाखा रहेको र थप ३३ शाखा विस्तारको क्रममा रहेको कुरा पनि बैंकले जनाएको छ ।