राजनीति

कम्युनिष्ट देश लुट्न मात्र जान्दछन्, काँग्रेसबिना नेपालको कल्पना पनि गर्न सकिन्नः नेता बलायर

डडेलधुरा । नेपाली काँग्रेसका केन्द्र्रीय सदस्य एबम् पूर्व भौतिक पुर्बाधार तथा यातायात मन्त्री वीर बहादुर बलायरले कम्युनिष्टहरु राष्ट्रियताको खोल ओढ्ने तर राष्ट्रियता नहुने बताएका छन् । २५ गतेबाट शुरु भएको ७७ वटै जिल्लाको काँग्रेसको जनजागरण अभयान अन्तर्गन सभापति देउवाको गृहजिल्ला डडेलधुराको परशुराम नगरपालीकामा पर्ने लालढूगामा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै काँग्रेसबिना नेपालको कल्पना समेत गर्न नसकिने समेत दाबी गरेका छन् ।
कांग्रेस राष्ट्रियताको मेरुदण्ड भएपनि आफैं मिल्न नसक्ने कम्युनिष्टहरु राष्ट्रबादी भएको हावादारी दाबी गर्दै हिँडेकोमा नेता बलायरको आक्रोस थियो ।

सभापति देउवाले चुजाव अगाडी कम्युनिष्ट शासनमा रुन सम्म पाइन्न भनेको स्मरण गर्दै कम्युनिष्ट प्रधानमन्त्रीहरु देश लुटेर खानमात्र जान्ने ठोकुवा नेता बलायरको छ । उनले शुसील कोईराला प्रधानमन्त्ती हुँदा १० बर्ष कम्युनिष्ट प्रधानमन्त्तीले बनाउन नसकेको संबिधान १८ महिनामा नै बनाएको दृष्टान्त हेर्न बुद्धिजिवीलाई आग्रह समेत गरेका छन् ।

बर्तमान केपी ओली सरकार सरकारी जग्गा आफ्नो नाममा गराउने नेकपाका महासचिव बिष्णु पौडेलको जग्गा बचाउने लागेको दाबी गर्दै नैतिकता सरकारले गुमाईसकेको आरोप लगाए ।