समाचार

छुरा प्रहार गरेको आरोपमा दुई पक्राउ

काठमाडौँ । काम विशेषले सिरहाको लहान आएका धनुषाका एक युवकमाथि छुरा प्रहार गरेको आरोपमा प्रहरीले लहानका दुई युवालाई पक्राउ गरेको छ ।

लहान नगरपालिका–७ स्थित शिवचोक नजिकै धनुषाको जनकपुर उपमहानगरपालिका–२१ निवासी २१ वर्षीय राजुकुमार साहमाथि छुरा प्रहार गरेको आरोपमा प्रहरीले लहान नगरपालिका–८ निवासी २० वर्षीय राजु पासवान र १९ वर्षीय दिपेस यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय लहानमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।