मनोरञ्जन

यस बर्षको मिस नेपालमा अनुष्का श्रेष्ठले बाजी मारिन् (फोटो फिचर)

काठमाण्डौ । किर्तिपुरमा रहेको लिबरेटरी घाँसेमैदानमा सम्पन्न मिस नेपाल प्रतियोगीतामा अनुष्का श्रेष्ठ यस बर्षको मिस नेपाल बन्न सफल भएकी छन् । छानिएका २५ प्रतिष्पधीहरुबाट १४ जना सेमि फाईनल र ७ जना फाईनल हुंदै भएको प्रतिष्पर्धामा अनुष्काले उक्त उपाधी जित्न सफल भईन् ।

यस्तै मिस नेपाल युनिभर्षमा प्रदीपता अधिकारी, मिस नेपाल अर्थमा रिया बस्नेत, मिस नेपाल इन्टरनेशनलमा मीरा कक्षपति, मिस नेपाल सुपर नेशनल रोज लामा लगायतले उपाधि जितेका छन् । हामीले अधिकार भन्दा कर्तब्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला भन्ने निर्णायक इला शर्माको प्रश्नको उत्तर अनुष्काले चित्तबुझ्दो रुपमा दिएकी थिईन् ।