प्रदेश 1

प्रदीप गिरी, विश्वप्रकाश र ज्ञानेन्द्रले काठमाण्डौका झापालीलाई शनिबार तताउने

काठमाण्डौ । राजनीति भनेको समाजसेवा हो भन्ने मान्यतालाई आत्मासात गर्दै सामाजिक मूल्य, मान्यता र संस्कारमा आधारित भएर सूदूर पूर्वबाट राजधानीमा रहेका काँग्रेस निकट युवाहरुले अभियान शुरु गर्ने भएका छन् ।

झापा काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष  प्रज्वल कोइराला भन्छन्, ‘सम्मानका लागि समाजमा गरेको योगदान हेरिन्छ । कार्यक्रममा समाज निर्माणका नवीन आयामहरुमाथि बिचार बिमर्श गरिन्छ, हामीले राजनीतिलाई बिशुद्ध समाजसेवामा परिमार्जन गर्ने अभियान चलाएका छौं, हामीलाई लाग्छ देशभरका काँग्रेसी दाजुभाई-दिदीबहिनीहरुले साथ दिनुहुनेछ ।’

२५ गतेबाट काँग्रेसले राष्ट्रिय जनजागरण अभियान शुरु गरेको छ । समितिको कार्यक्रममा जनजागरण अभियानलाई पनि व्यानरमा राखिएको छ । यस विषयमा समितिका सचिव पदम निरौला भन्छन्र्, काँग्रेसको जनजागरण अभियानको सार नै हाम्रो कार्यक्रमसँग मिल्छ । मूल्य, संस्कार, आचारण सहितको राजनीतिले मात्र काँग्रेस कार्यकर्तामा जागरण ल्याउँछ भन्ने हाम्रो मान्यता हो । जुन हामीले बिगत बर्षदेखि शुरु गरेका छौ ।’

यही बैशाख २८ गते सनिवार ‘नेपाल ल क्याम्पस’ प्रदर्शनी मार्गमा हुने समितिको कार्यक्रममा प्रमुख वक्ता प्रदीप गिरी तय गरिएका छन् । हरेक मन्चमा समाजवादी चिन्तनसहितका यथार्य कुरा वोल्न सक्ने चिन्तक प्रदीप गिरीको प्रवचनले कार्यकर्तामा उर्जा मिल्ने आयोजकको दावी छ । सुत्केरी अवस्थामा पति गुमाएकी बिकलाङ्गदेवीमाया मेचेका लागि बस्ने जग्गाको जोहो गरिदिएर समाज सेवामा बिशिष्ट छाप छाड्ने काँग्रेस प्रवक्ता बिश्व प्रकास शर्मा कार्यक्रममा अर्का वक्ता छन् । शर्मा पनि राजनीतिलाई समाजसेवाकै अर्को नाम ठान्छन् । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य एबम् पूर्बअर्थमन्त्री ज्ञानेन्द्र वहादुर कार्की लगायतले सम्वोधन गर्ने कार्यक्रम छ ।