आर्थिक

एनआई सी एशिया बैंकको नयाँशाखा उद्घाटन

काठमाण्डौ । ग्रामिण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमासमेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआई सी एशिया बैंकले स्याङजा जिल्ला, आँधिखोला गाउँपालिकामा नयाँशाखा कार्यालयको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

स्याङजा जिल्ला आँधिखोला गाउँपालिका वडा नं ५, कृषि स्याङजास्थित कृषि शाखाको आँधिखोला गाउँपालिकाका प्रमुख सुधिर कुमार पौड्यालबाट बिहीबार उद्घाटन भएको हो।