राजनीति

ओली सरकार काण्डै काण्डबाट सरकारी जग्गा ब्यक्तीका नाममा गर्ने काण्डमा बरालियोः डा कोईराला

बनेपा । नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य डा. शेखर कोईरालाले नेकपा नेतृतवको के पी शर्मा ओली सरकार अराजकतातर्फ उन्मुख भएको बताएका छन् । गैरसंसदीय भाषा बोलेर देशकै बेज्जत गर्न उद्यत भएको दाबी गर्दै सभामुख कृष्ण बहादुर महरा समेत प्रधानमन्त्तीको समर्थनमा लागेको प्रमाणित भएको दाबी गरेका छन् ।
नेपाली काँग्रेसको महासधवेशन समयमा नै गर्नुपर्ने बिचार ब्यक्त गर्दै डा कोईरालाले प्रधानमन्त्रीले वाईडबडी, निर्मला पन्तको बलात्कार र हत्या, सेना, राजश्व, सर्बोच्च अदालत, ३३ किलो सुन काण्डमा नराम्रोसंगि मुछिएको र उक्त कुरा सेलाउन नपाउदै वालुवाटार र टुंडिखेलको सरकारी जग्गा ब्यक्तीका नाममा गर्ने प्रपञ्चमा रहेको देखिएको उनले बताए ।

धुलिखेलमा काँग्रेसको जनजागरण अभियानको उद्घाटन गर्दै डा कोईरालाले काँग्रेस एकढिक्का हुनुको बिकल्प नभएकोले नेतृत्वले सबैलाई एकढिक्का हुन उत्प्रेरणा हुने खाल्को रणनीति अबलम्बन गर्नुपर्ने धारणा राखेका छन् । काँग्रेसले बुधबारबाट एकमहिने देशब्यापी जनजागरण अभियान शुरु गरिसकेको छ । डा कोईरालाले भने ओली सरकारले गरेका गफको एक प्रतिशत मानत्र काम गरे नेपाली जनताले पाउने सुखको कल्पना पनि गर्न नसकिने बताए ।