अन्तर्राष्ट्रिय

सुत्केरीपछि महिलाले स्वास्थ्यमा हेलचक्र्याइँ गर्छन्: सर्वेक्षण

वासिङ्टन डिसी । महिलालाई गर्भवती भएका बेला वा गर्भवती हुनुभन्दा अगाडि स्वास्थ्यमा अत्यन्तै ख्याल गर्न आवश्यक पर्ने भन्दै सधैँ सल्लाह दिइन्छ । तर एक सर्वेक्षणले गर्भवती भएका बेला महिलाहरुले स्वास्थ्यमा ख्याल गरे पनि सुत्केरी भएपछि भने धेरै महिलाले स्वास्थ्यमा ख्याल नगर्ने गरेको देखाएको छ ।

सर्वेक्षणका अनुसार एक चौथाइ महिलाले सुत्केरीपछि आफैले आफैलाई गर्ने हेरचाहमा हेलचक्र्याइँ गरेको पाइएको छ । सर्वेक्षणकर्ताहरुले झण्डै ४० प्रतिशत सुत्केरी महिलाले आफूलाई तनावग्रस्त, पूर्णतया पराजित र बेचैनी महसुस गर्ने गरेको पनि बताएका छन् ।

ओर्लाण्डो हेल्थ विन्नी पाल्मर अस्पतालले गरेको सर्वेक्षणले यस्तो देखाएको अधिकारीहरुले जनाएका छन् । अस्पतालले सार्वजनिक गरेको प्रतिवेदनमा ४५ बर्षभन्दा अगाडि सुत्केरी हुने महिलाले ४५ वर्षभन्दा पछि सुत्केरी हुने महिलामा भन्दा बढी तानव लिने गरेको उल्लेख छ ।