लुम्बिनी

१५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र वितरण

रुपन्देही । बुटवल उपमहानगरपालिकाले मोतीपुर क्षेत्रका १५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । वडा नं १७ र १८ मा पर्ने गाउँब्लक जग्गालाई बुधबार उपमहानगरपालिकाले लालपुर्जा वितरण गरेको हो ।

लालपुर्जा पाउनेमध्येका सबैभन्दा ज्येष्ठ सदस्य बुटवल–१७ का टङ्कनाथ ज्ञवाली र सोधावती थारूलाई लालपुर्जा हस्तान्तरण गर्दै नगरप्रमुख शिवराज सुवेदीले मोतीपुरमा रहेका गाउँब्लकका सबै जग्गालाई असार मसान्तसम्म जग्गाधनी पुर्जा वितरण गर्ने प्रतिबद्धता जनाए। बुटवल वडा नं १७ र १८ का वडा कार्यालयको आयोजनामा दुई छुट्टाछुट्टै स्थानबाट लालपुर्जा वितरण गरिएको थियो ।

कार्यक्रममा उपप्रमुख गुमादेवी आचार्यले उपमहानगरपालिकाले कृषि र पर्यटनलाई समृद्धिको आधार बनाएकाले लालपुर्जा पाएको भूमिलाई कृषि र पर्यटनसँग जोडेर व्यवसायिकरूपमा सदुपयोग गर्न सक्नुपर्ने बताए।