समाचार

सङ्घीयताका बारेमा ओली सरकारले ठोस नीति र कार्यक्रम ल्याउन सकेनः उपसभापति निधि

कैलाली । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारले सङ्घीयता नचाहेको आरोप लगाएका छन् । कैलालीको लम्कीमा आज राष्ट्रिय जागरण अभियानअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय सभाको उद्घाटन गर्दै उपसभापति निधिले आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रममा समेत सङ्घीयताका बारेमा सरकारले ठोस नीति र कार्यक्रम ल्याउन नसकेको आरोप लगाए ।

कार्यक्रममा काङ्ग्रेस प्रशिक्षण बिभागका सदस्य तथा महिला नेत्री आरजु राणा देउवाले जनताका बीचमा जानका लागि पनि अभियान आवश्यक रहेको बताईन् । काङ्ग्रेसका केन्द्रीय सदस्य तथा अभियान कैलालीका लागि केन्द्रीय प्रतिनिधि श्याम घिमिरेले राष्ट्रिय जागरण अभियानका क्रममा आफू एक महीनासम्म कैलालीमा रहने बताउँदै अभियानमा सबैले साथ दिन आग्रह गरे ।