आर्थिक

एनआई सी एशिया बैंक र ब्लुक्रस हस्पिटल बीच सम्झौता

काठमाण्डौ । एनआई सी एशिया बैंक र ब्लुक्रस हस्पिटल त्रिपुरेश्वर बीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहक वर्गहरुलाई ब्लुक्रस हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदानगर्ने सम्झौ ताभएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हस्पिटलको तर्फबाट ब्लुक्रस हस्पिटलप्रा.लि.का बोर्ड सेक्रेटरी रजतकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका थिए।