राजनीति

ओली सरकार बिरुद्ध ७७ वटै जिल्लामा काँग्रेस गर्जिदै, नेकपा अत्तालियो, सरकार ढल्नसमेत सक्ने !

काठमाण्डौ । नेपाली काँग्रेसले आज देशभरका ७७ वटै जिल्लामा नेपाली काँग्रेस जागरण अभियानको शुरुवात गदैछ । बैसाख ११ गते गर्ने भनिएको जागरण अभियान पार्टीका पुर्ब केन्द्रीय कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधनपछि आकस्मिक बैठकले आजबाट एक महिनाका लागि सारेको छ ।

नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचारलाई बढावा दिएको, कञ्चनपुरकी १३ बर्षीया चेली निर्मला पन्तको बलात्कारी र हत्यारालाई पहिचान गरि कारबाही गर्नुको सट्टा उल्टै संरक्षण दिएको, वाईडबडी भ्रष्टाचारलाई ढाकछोप गरेको, ३३ किलो सुन काण्ड लगायतका सुन काण्डहरुलाई नियन्त्रण गर्न नसकेको, नेपाली जनताले थाम्नै नसक्नेगरी महंगी बृद्धी गरेको, साना ब्यावशायीलाई ब्यावशाय धान्नै नसक्नेगरी करबृद्धी र दोहोरो कर लगाएको, बेरोजगारी समस्या बढाएको, सबै क्षेत्रमा मुलुक अस्तब्यस्त हुंदा सम्म हुनै नसक्ने उखान तुक्का भन्दै रेल र पानी जहाजका सपनामात्र बाँढेको, हत्या हिंसा र बलात्कारका घटना अझै बढेको आरोपमा ओली सरकार बिरुद्धमा काँग्रेस कार्यकर्तामार्फत भण्डारफोर अभियान संचालन गर्दैछ ।

काठमाण्डौमा पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् भने ७७ वटै जिल्लामा काँग्रेसले जनजागरणका लागि बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शसाँक कोईराला, उपसभापति विजय कुमार गच्छदार. बिमलेन्द्र निधी, पुर्ब महामन्त्री कृष्ण प्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शेखर कोईराला, अर्जुननरसिंह केसी, डा रामशरण महत, महेश आचार्य लगायतका प्रतिनिधि खटाईसकेको छ । ७७ वटै जिल्लामा कार्यक्रमको सुरुवातीको लागि अन्तिम तयरी सम्पन्न भईसकेको काँग्रेस प्रवक्त विश्वप्रकाश शर्माले सुर्यखबरलाई बताए ।

नेबिसंघ, तरुण दल, महिला संघ लगायतका भातृसंस्था समेत आजको नेपाली काँग्रेसको आन्तरिक शुद्धीकरणसहितको कार्यक्रममा प्रत्यक्ष सहभागीता जनाउने छन् । आजको काँग्रेसको कार्यक्रम नेकपा नेतृत्वको ओली सरकारलाई काँग्रेसको शक्ती प्रदर्शन समेत हुने राजनीतिक विश्लेशण गरिएको छ । आजको काँग्रेसको आन्दोलन वा गर्जनलाई ओली सरकार ढाल्न काँग्रेसको सुरुवाती कदमको समेत संज्ञा दिएका छन् ।