अन्तर्राष्ट्रिय

आगलागीमा परी ३१ को मृत्यु, ६८ घाइते

जुबा । दक्षिणी सुडानमा भएको आगलागीमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ । देशको लोल क्षेत्रमा पर्ने कोर्कोमा भएको आगलागीमा परी अरू ६८ जना घाइते भएको अधिकारीहरूले जनाएका छन् । आगलागी गत आइतबार राति भएको अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् ।

सूचना, युवा र संस्कृतिमन्त्री मिचेल माथोक वालले दिएको जानकारीअनुसार आगलागीका कारण १३८ वटा घरमा क्षति पुगेको छ । त्यसैगरी दश हजारभन्दा बढी जनावर पनि मरेको समाचारमा जनाइएको छ ।