राजनीति

संसदीय मर्यादा नाघ्दै बोलेकोमा प्रधानमन्त्री बिरुद्धमा काँग्रेस

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलपश्चात् सांसदले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले गैरसंसदीय भाषा बोलेको आरोप लगाउँदै विरोध जनाएको छ ।

काङ्ग्रेस संसदीय दलले संसद्को गरिमामा आँच आउने खालका अभिलेख संसद्को रेकर्डबाट यथाशीघ्र हटाउन र गरिमामय ढङ्गले संसद् सञ्चालन गर्न आग्रह गरेको छ । काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले सभामुखले संसद्को गरिमाको रक्षाका लागि निर्णायक भूमिका निर्वाह गनुपर्नेतर्फ ध्यानाकर्षण गराएका छन्।