राजनीति

पूर्वमन्त्री जोशीद्वारा नेताहरुलाई एकजुट भई अधिनायकवादका विरुद्ध लड्न निवासबाटै निर्देशन

काठमाडौँ । नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य पूर्वमन्त्री नविन्द्रराज जोशीले वसन्तपुर याट्खा स्थित निजि निवासमा आज नेविसंघको निवर्तमान ,पूर्व नेतृत्वलाई तथा विद्यार्थीहरूलाई नयाँ वर्षको अवसरमा तथा लोकतन्त्र दिवसको अवसरमा भेटघाट तथा चियापान कार्यक्रममा उनले सङ्घर्षको मैदानमा जन्मिएको नेविसंघलाई वर्तमान समय कम्युनिस्टहरुले अधिनायकवाद लाद्न खोजेको बताउदै सङ्घर्ष गर्नुपर्ने भएकाले एकजुट हुन निर्देशन दिए ।

उनले यो समयमा एकता प्रदर्शन गर्नुको विकल्प नरहेको बताउँदै उनले नेविसंघको नेतृत्वमानै परिवर्तन सम्भव रहेको बताउँदै अधिनायकवादका विरुद्ध लड्न तयार रहन समेत निर्देशन दिए । कार्यक्रममा राष्ट्रिय सभा सांसद् वद्री पाण्डे ,प्रतिनिधि सभा सदस्य प्रकाश रसाइली ,तरुण दलका अध्यक्ष जितजंग वस्नेत ,महासचिव भूपेन्द्र जंग शाही नेविसंघका पूर्वपदाधिकारीहरु अधिकांशको उपस्थिति रहेको थियो ।