समाचार

संसद् बैठक आधा घण्टा स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको जारी बैठक आधा घण्टाका लागि स्थगित भएको छ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २० गते सङ्घीय संसद्मा प्रस्तुत गरेको आव २०७६/७७ को नीति तथा कार्यक्रममाथि सांसदले बोल्ने क्रम सकिएपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो ।

केही बेरपछि बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । यसैगरी प्रधानमन्त्री ओलीले आजै बस्ने राष्ट्रियसभाको बैठकलाई समेत सम्बोधन गर्नेछन् ।