समाचार

काठमाडौँ प्रहरी प्रमुखमा सुवेदी

काठमाण्डौ । काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीलाई दिइएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ताको भूमिकामा रहेका सुवेदीलाई काठमाडौँ प्रमुखको जिम्मेवारी दिइएको हो । यसअघि महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुखमा वरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामा रहेका थिए ।