मनोरञ्जन

रविन्द्र र प्रीतिकाको ‘हुर हुर रे’ सार्बजनिक

काठमाण्डौ । नव गायक रविन्द्र कुमार तामाङ र प्रीतिका तामाङको स्वर रहेको गीत ‘हुर हुर रे’ म्यूजिक भिडियो सार्वजनिक भएको छ।गीतमा शब्द तथा संगीत गायक रविन्द्र कुमार तामाङको नै रहेको छ भने संगीत समायोजन सजल राजभण्डारी रहेको छ।

गीतमा वर्षा थेङ्ग तामाङ, मनिष मगर, सबिन भट्टराई र पारस काजीलाई फिचरिंग गरिएको छ। सबिन भट्टराईको छायांकन रहेको भिडियोलाई रोशन दाहालले निर्देशन तथा सम्पाद गरेका हुन् ।

स्टुडियो साउण्ड मिलमा रेकर्डिङ गरिएको यस गीतलाई महेश्वर मान राजभण्डारीले मिक्सिङ, मास्टरिङ गरेका हुन ‘। गीतलाई साउण्ड मिलको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको हो।