गण्डकी प्रदेश

स्वतन्त्र पत्रकार सङ्घमा गौतम चयन

पोखरा । स्वतन्त्र पत्रकार सङ्घ नेपालको हिजो सम्पन्न चौथो अधिवेशनले असफल गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा तिलक थापा, महिला उपाध्यक्षमा लक्ष्मी गुरुङ (तिर्सना), सचिवमा सुरेशराज अधिकारी, सहसचिवमा गङ्गासागर उपाध्याय र कोषाध्यक्षमा ओमप्रकाश उपाध्याय चुनिएका छन्।

त्यस्तै, सदस्यमा क्रमशः सागर कार्की, भरतप्रसाद तिवारी, अम्बिका राणा, पितमबहादुर सेन (ठकुरी) डिल्लीराम काफ्ले र डिल्लीराम कार्की रहेका छन् । सोहीअनुरुप, राष्ट्रिय पार्षदमा केशवराज पराजुली, उमाकान्त शर्मा, भूपनिधि पन्त, नारायण कार्की, कृष्ण थापा, दुर्गाप्रसाद पौडेल, यज्ञप्रसाद बाँस्तोला र ऋषिराम बराल निर्वाचित भएका छन्।

त्यस्तै, प्रदेश पार्षदमा महेश्वर पाण्डे, विश्वलाल श्रेष्ठ, कल्याण पन्त, लेखबहादुर थापा, बालकृष्ण सुवेदी, कृष्ण रानाभाट, पुलप्रसाद गुरुङ (पुरन) चयन भएका छन् ।