साहित्य

बिर्सेको साथीको रिंङ आयो

यसोदा कार्की                                                                                                                                                  गजल

त्यो स्वर्णिम दिन बिर्सेको साथीको रिंङ आयो
अनेकन पललाई याद ले’र फेरि एउटा दिन आयो ।

कस्तो प्रेमको कम्पन हो मेरो कोमल दिलमा
प्रश्नरूपी झस्कन छायो मेरो सानो दिमागमा ।

साथी भन्दै हास्न पाउ कैले कसो भेट होस
त्यहि भेटको सम्झनानि जीवन जीउने जोस होस ।

परिस्थिति र समयले नै अनुकुल बनाउने
मनको कालो बादलले नै प्रतिकुल गराउने ।

दिललाई खुल्ला बनाइ हिडेस अं’कार त्यसै तोडिंछ रे
सबको आत्मा सम्मान गरेस जंघार छिट्टै तरिन्छ रे ।

त्यो स्वर्णिम दिन बिर्सेको साथीको रिंङ आयो
अनेकन पललाई याद ले’र फेरि एउटा दिन आयो ।