प्रदेश 1

राजधानी बिराटनगर नै हुने मुख्यमन्त्रीके आश्वासनपछि विराटनगर बन्द फिर्ता

बिराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आन्दोलनरत पक्षले उठाएका माग सम्बोधन हुने प्रतिबद्धता जनाएपछि प्रदेश राजधानी विराटनगरलाई तोक्नुपर्ने माग गर्दै आजदेखि गरिएको अनिश्चिनकालीन आम हडताल फिर्ता भएको छ ।

मुख्यमन्त्री राई र आन्दोलनरत पक्षबीच आज अपराह्न भएको छलफलपश्चात् आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रव सुवेदीले बताए । विराटनगरमा नै कार्यपालिका र व्यवस्थापिकालगायत संरचना राख्नुपर्ने माग गर्दै आन्दोलनरत पक्षले आजदेखि अनिश्चितकालीन विराटनगर बन्दको आह्वान गरेका थिए । आज बिहानदेखि भएको बन्दका कारण लामा तथा छोटा दूरी सार्वजनिक सवारीसाधन, स्कूल र कलेज बन्द हुनाका साथै बजार आंशिक रुपमा बन्द भएका थिए ।