समाचार

देश र लोकतन्त्रको रक्षाका लागि काङ्ग्रेस शक्तीसाली हुनैपर्छ: नेता भण्डारी

दमौली । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले लोकतन्त्र र स्वाधीनताको रक्षा काङ्ग्रेसले मात्रै गर्न सक्ने बताएका छन् ।

तनहुँको भानु नगरपालिका–१२ आहालेस्थित चेतनशील आमा समूहको नवनिर्मित भवनको आज उद्घाटन गर्दै पूर्वमन्त्री भण्डारीले काङ्ग्रेस कमजोर भए लोकतन्त्र खतरामा पर्ने भएकाले जनताले काङ्ग्रेसको आवश्यकता महसुस गरेको बताए । सरकारले सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम नारामै सीमित भएको उनले आरोप लगाए । ठोस योजनाबिना नै सरकारले नीति तथा कार्यक्रम ल्याएको उनको भनाइ थियो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य डोवाटे विकले देशमा काङ्ग्रेसको विकल्प नभएको बताए । मिर्लुङ घर भई वैदेशिक रोजगारमा रहेका स्थानीयवासीको रु १५ लाख सहयोगमा भवन निर्माण सम्पन्न भएको निर्माण समितिका अध्यक्ष प्रेमबहादुर अधिकारीले बताए ।