आर्थिक

कामना सेवाले गर्यो मोवाईल बैंकिङ सेवामा स्तरोन्नती

काठमाण्डौ । “प्रगतिको आधार कामना सेवासँग कारोवार” भन्ने मुलनाराका साथआमजनतामाझ विभिन्न बैैकिङ सेवा प्रदानगर्दै आइरहेको कामना सेवा विकास बैंकले विविध विशेषताहरु भएको परिमार्जीत, आधुनिक र सरल “Mobile Banking V5” सेवा आज देखि प्रयोगमा ल्याएको छ ।

ग्राहकहरुको समय सापेक्ष आवश्यकता र प्रतिस्पर्धी बजारलाईमध्यनजर गर्दैहाल संचालनमा रहेको सेवामा केही सुविधाहरु थपगरि यो सेवा सार्वजनिक गरिएको हो। यो सेवा प्रयोगकर्ताहरुले Biometric login, QR payment, क्रेडिट कार्डको बिल, इन्स्योरेन्सको प्रिमियम, स्कूल तथा कलेजको फि, विद्युत र खानेपानी महशुल आदीको भुक्तानी, आफ्नो बैङ्कखाताको रकमअन्य बैङ्क तथा वित्तीय सस्थाको खातामा रकमान्तर गर्न, E-SEWA मा जम्मागर्न, Mobile top up गर्ने जस्ता भुक्तानीहरुमा सहयोगी हुने बैङ्कले जनाएको छ ।