लुम्बिनी

व्यावसायिक ज्ञान आर्जन गर्दै सामुदायिक विद्यालय

नवलपरासी । विद्यार्थीलाई बाहिर निस्कन नदिई एउटा हातमा पुस्तक अनि अर्को हातमा लौरो बोकेर कक्षा प्रवेश गरी सुगालाई रटाएझैँ गरी पुस्तकका पानापाना विद्यार्थीलाई कण्ठ पार्न लगाएर शिक्षण गर्ने पद्धति पुरानो भइसकेको छ ।

अहिले शिक्षणमा नयाँनयाँ विधि र प्रविधिहरु भित्रिइसकेका छन् र तिनै विधि प्रविधिलाई आत्मसात् गर्दै गैँडाकोटमा रहेको एकमात्र सहकारी विद्यालय विजय सामुदायिक शिक्षा सदन अगाडि बढिरहेको छ । विद्यार्थी चौरभरि छरिएका थिए, कोही पराललाई काटेर मसिना टुक्रा बनाउँदै थिए,कोही ती टुक्रालाई पानीमा धुँदै थिए, कोही ती मसिना परालका टुक्रालाई पकाउन आगो बाल्दै थिए भने कोही ल्यापटप बोकेर भिडियो कल गरी ती दृश्यलाई अन्य देशका विद्यार्थीलाई देखाइरहेका थिए । टाढाबाट हेर्नेलाई यी दृश्य अस्तव्यस्त जस्तै लाग्थे ।

विद्यार्थीलाई कक्षाकोठामा राखेर नपढाएर किन यसरी चौरभरि भद्रगोल छोडिएको होला भन्ने प्रश्न पनि उठिरहेका थिए । जब नजिकै पुगेर बुझ्ने प्रयास गरियो त्यहाँँ त विद्यार्थी च्याउ कसरी फलाउने भनेर कक्षाकोठामा सैद्धान्तिक रुपमा सिकेको ज्ञानलाई व्यवहारमा पो उतार्दै रहेछन् । गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको विजय सामुदायिक शिक्षा सदन ब्रिटिस काउन्सिलको अवधारणामा सञ्चालित आइएस्ए अर्थात् इन्टरनेशनल स्कुल अवार्डमा सहभागी भएपछि विद्यार्थी विभिन्न परियोजना अन्तर्गत आफैँ सहभागी भएर खोज्दै, हेर्दै,गर्दै,सिक्दै अगाडि बढिरहेका छन् ।

यसरी प्रत्यक्ष रुपमा आफैँ सहभागी भएर सिक्न पाएकामा विद्यार्थी पनिखुशी देखिन्थे । शिक्षण सिकाइमा नयाँ प्रविधि भित्र्याईअन्तर्राष्ट्रिय परिवेश सुहाउँदो शिक्षण सिकाइ क्रियाकलाप गरी एक दक्ष र सीपयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथआफूहरु आइएस्एको यात्रामा सहभागी भएको विद्यालयका कार्यकारी प्रमुख खेमराज सापकोटाले बताए । उनले विद्यार्थीले विद्यालयमा नै च्याउ फलाएको, माटोका भाँडा बनाएको, ढुङ्गामा कुँदेर मूर्ति बनाएको फोहर भनेर फालिने बोतल र प्लास्टिक सङ्गालेर चौतारो बनाएको देख्दा आपूm निकै हर्षित भएको पनि बताए।

विद्यालयकी सहायक प्रधानाध्यापक एवम् आइएस्एको अर्डिनेटर रेखा श्रेष्ठले विद्यालय आइएस्एमा सहभागी भएर बायोग्राफी अफ नेशनल हिरो, कार्भ इमेज अन रक्स, जोय अफ जात्रालगायतका १० वटा परियोजनामा काम गरिरहेको र आफूहरु आइएस्एको यात्रामा गन्तव्य नजिक पुग्नलागेको बताए । आइएस्एमा सहभागी भएर शिक्षण गर्दै गर्दा प्रविधिसँगको निकटता बढ्नाका साथै अन्तर्राष्ट्रियस्तरसम्म पहुँच बढेको अनुभव विद्यालयका प्रधानाध्यापक रामचन्द्र न्यौपानेले बताए ।

किताबी ज्ञानमा मात्र नभई जीवनोपयोगी सीपमूलक र व्यावहारिक ज्ञान दिने सन्दर्भमा विद्यालय सदैव सचेत रहेकाले शिक्षणमा नवीनतम विधिअपनाउँदै अगाडि बढिरहेको छ । विद्यालयले आइएसएका परियोजनामा मात्र नभई विद्यार्थीलाई विभिन्न सदनहरुमा विभाजन गरी समूहमा कार्यगर्ने र व्यावहारिक ज्ञान तथा सीपविकास गर्ने कुरामा जोड दिइरहेको छ ।

विभिन्न जडीबुटीका बोटबिरुवा लगाउने मौसम अनुसारका तरकारी उत्पादन गर्ने क्रियाकलाप पनि विद्यालयले गराउँदै आइरहेको छ । साथै विद्यालयले विद्यार्थीमा बचत कसरी गरिन्छ, दुःखमा सहयोग कसरी गर्ने भन्ने जस्ता कुरा सिकाउन बचत समूह, रेडक्रस, स्काउट, बालक्लब लगायतका विविध क्लबहरु गठनगरी विद्यार्थीको चौतर्फी विकासमा टेवा पु¥याउँदै आएको छ । यी कार्यलाई विद्यालयले निरन्तरता दिँदै जाने विद्यालयले जनाएको छ । जसरी हरेक क्रियाकलापमा विद्यालयले सदैव सफलता प्राप्त गरिरहेको छ त्यसरी नै यो आइएस्एको यात्रामा पनि सफलता प्राप्त गरोस् ।