बाग्मती

अभियानकर्मी डा. परियार इन्द्रावती गाउँपालिकाद्वारा सम्मानित

सिन्धुपाल्चोक । सामाजिक अभियानकर्मी डा. विष्णुमाया परियारलाई इन्द्रावती गाउँपालिका सिन्धुपाल्चोकले सम्मान गरेको छ । डा. परियारलाई इन्द्रावती गाउँपालिका र जर्सी सिटी अमेरिकाबीच भगिनी सम्बन्ध स्थापना गर्न अतुलनीय योगदान गरेकाले सम्मान गरिएको हो ।

डा. परियारले भगिनी सम्बन्ध स्थापना गर्ने सन्दर्भमा सङ्कल्प प्रस्ताव पारित गर्न र जर्सी सिटी, न्यू जर्सी संयुक्त राज्य अमेरिका र इन्द्रावती गाउँपालिकाका प्रमुखबीच बृहत् हस्ताक्षर गराउनलगायत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । विष्णुमाया अहिले जर्सी सिटीका मेयर स्टेप अप फ्लोपका सल्लाहकार छन्।

डा. विष्णुमायालाई सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै पछिल्लो पटक नेपालमा ‘ग्लोबल युथ लिडरसीप समिट– २०१९’ प्रदान गरिएको थियो । अमेरिकाको लुइस भिल्ले स्टेटमा सामाजिक अभियानकर्मी डा परियारले यसअघि हावर्ड विश्वविद्यालयले प्रदान गर्ने ‘ब्रिज विल्डर अवार्ड’ र डा ‘अम्बेड्कर ग्लोबल चेन्ज मेकर अवार्ड’ लगायत दर्जनौँ पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् ।

सन् १९७३ डिसेम्बर १९ मा गोरखाको दुर्गम ताक्लुङ गाविस कोटगाउँको दलित बस्तीमा जन्मिएकी डा. परियारलाई अमेरिकाको पाइन म्यानर कलेजले मानार्थ डाक्टरको उपाधि प्रदान गरेको छ । उनले सामाजिक क्षेत्रमा पु¥याएको योगदानस्वरुप अहिले अमेरिकाको लुइस भिल्ले स्टेटमा विष्णुमायाको नाममा ‘विष्णुमाया डे’ मनाइँदै आएको छ । सोही अवसरमा समाजसेवी नवीन शेरचनलाई समेत सम्मान गरिएको थियो ।