खेलकुद

चन्द्रागिरि गोल्डकपको उपाधि च्यासललाई

काठमाडौँ । दोश्रो चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिताको उपाधि च्यासल युवा क्लबले जितेको छ । नैकापस्थित नैकाप फुटबल मैदानमा आइतबार भएको फाइनल खेलमा ललितपुरको च्यासल युवा क्लबले सरस्वती युवा क्लबलाई २–० गोलले हराएको हो ।

खेलको ५५ औँ मिनेटमा म्याक्स वेलले हेडमार्फत गोल गरे । यस्तै ७१ औँ मिनेटमा विदेशी खेलाडी जुनियरले गोल गरे । उपाधिसँगै च्यासलले रु ६ लाख तथा उपविजेता सरस्वतीले रु तीन लाख पुरस्कार प्राप्त गर्‍यो ।

विजयी खेलाडीलाई चन्द्रागिरिका नगर प्रमुख घनश्याम गिरीले पुरस्कार वितरण गरे । वैशाख १५ गतेदेखि शुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो ।