राजनीति

जेलमा भेटिएका सबै मानिस अपराधी हुँदैनन्ः डा कोईराला

काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जेल बसेका सबै कैदीहरु अपराधी नै हुन भन्न नमिल्ने बताएका छन्।

डा कोइरालाले भने, ‘कति मानिसले भुलवस कानुन तोडेका हुन्छन्। कानुनको नजरमा उनीहरु दोषी ठहरिन्छन् तर वास्तविकता फरक पनि हुन सक्छ। त्यसैले जेल बस्ने सबैलाई अपराधीको सुचीमा राख्न मिल्दैन’।

डा कोइरालाले कारागारलाई सजायको थलोको रुपमा भन्दा सुधारगृहको रुपमा हेरिनुपर्ने बताए ।

काठमाडौस्थित सुन्धारामा रहेको केन्द्रिय कारागारमा रहेका अपांग कैदीहरुलाई ह्विलचियर बितरण कार्यक्रममा बोल्दै नेता कोइरालाले लामो समय जेल बसेका ब्यक्तीहरु पटक(पटक सत्तामा पुगे पनि उनीहरुले जेल सुधारमा कहिल्यै ध्यान नदिएकोमा दुःख लागेको बताए ।

आधुनिक बिश्वमा खुल्ला कारागारको ब्यवस्था रहेको उदाहरण दिदै डा कोइरालाले प्रहरी र जेल प्रशासनको रहोबरमा कम्युनिटीमै बसेर सजाय भुक्तान गर्न पाउॅने ब्यवस्था गरिनुपर्नेतर्फ राज्यले सोच्ने समय आएको समेत बताए ।

कार्यक्रममा ह्विलचियर बितरण संस्थाका अध्यक्ष राकेश हमालले कैदीहरुले न्युनतम् सेवासुविधा पाउॅनुपर्ने बताए ।