आर्थिक

एभरेष्ट बैंकका ग्राहकलाई धुलिखेल माउन्टेन रिजर्टमा १०% छुट

काठमाडौं । एभरेष्ट बैंकले ग्राहकलाई छुट र विशेष प्याकेजहरुको सुविधा प्रदान गर्न धुलिखेल माउन्टेन रिजर्टसँग साझेदारी गरेको छ । काठमाडौं उपत्यकाको भिड–भाडबाट भाग्न खोजि रहेका पर्यटकका लागि धुलिखेल माउन्टेन रिजर्ट प्राकृतिक र सांस्कृतिक रुपले भरिपूर्ण गन्तव्य हो जुन टिबेटियन बोर्डरका लागि रोकिने स्टप पोइन्ट हो ।

एभरेष्ट बैंक र धुलिखेल माउन्टेन रिजर्टबीच हस्ताक्षर भएको एमओयूका अनुसार ग्राहकले आवास, स्पा र सेवाहरु तथा रेस्टुरेन्ट र बार सेवाहरुमा १०% छुट पाउँने छन् । सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकले एटिएम कार्ड वा क्रेडिट कार्ड देखाएर छुट प्राप्त गर्न सक्ने छन् । “सर्भिस विथ स्माईल” नारासहित एभरेष्ट बैंक सदैव ग्राहकहरुको लाभ र सन्तुष्टिलाई मध्यनजर गर्दै आई रहेको छ ।

एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकको संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखा, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइ रहेको छ ।