समाचार

मेरो बुबा ‘तरबार’ लिएर देशका लागि लड्नुभो म ‘कलम’ लिएर सधैं लडिरहन्छुः प्रा. डा. केसी

काठमाण्डौ । प्राडा सुरेन्द्र केसीले राष्ट्रपतिको तामझाम खर्च र कार्यसैली हेर्दा हिजोको राजाको तामझाम र कार्यसैली भन्दा भड्किलो हुनु मुलुककै दुर्दशा भएको बताएका छन् । आफुले बोलेका सत्य तथ्य कुरालाई राजदूत हुन नपाएको आक्रोश भनेर अफबाह फैलाउने सत्ताधारी पार्टीका नेताकार्यकर्तालाई पार्टीका कमैयाको परिभाषा दिदै तिनीहरु प्रती आक्रोश समेत ब्यक्त गरेका छन् ।

आफ्ना पीता पुर्खा देश कै निम्ति लडेको स्मरण गर्दै प्राडा केसीले आफ्ना बाबू तरवार बोकेर लडे काटिए, आफू कलम बोकेर त्यही हिम्मतका साथ देशका निम्ति लडिरहेको समेत उल्लेख गरे । आफू मुलुकको बेतिथि निरीह भएर हेरिरहनु भन्दा तरवार लिएरै भए पनि लड्नु परे लड्छु भन्ने परिस्थिति मा आइपुगेको भन्दै जनताले नेताले गरेको यस्तो कुकार्य सहेर बसिरहने हो भने मुलुक नै रहनेकी नरहने भन्ने स्थिती आउने चिन्ता समेत ब्यक्त गरेका छ ।
प्रा डा केसी समाजमा घटेका गलत कृयाकलापका बिरुद्धमा जनताका पक्षमा बोल्ने एकला ब्यक्ती देखिएका छन् । लामो समयको राजीनितक दीशा समेत मुल्याँकन गर्ने डा केसीले आफ्नो बद्नाम गराउन तत्वहरुले बिभिन्न समयमा बिभिन्न आरोप लगाउने गरेको दाबी गरेका छन् ।