बाग्मती

राष्ट्रिय रक्तचाप मापन अभियान शुरु

हेटौँडा । राष्ट्रिय रक्तचाप मापन अभियान २०१९ प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको रक्तचाप मापन गरेर शुरु भएको छ । शुक्रबारदेखि शुरु भएको अभियान एक महीना सञ्चालन हुने जनाइएको छ ।

राष्ट्रिय रक्तचाप सोसाइटीको आयोजनामा मकवानपुरको हेटौँडाबाट यो अभियानको शुरुआत भएको हो । अभियानमार्फत् जिल्लामा एक हजार ५०० को रक्तचाप मापन गर्ने तयारी गरिएको अभियानका मकवानपुर संयोजक डाक्टर प्रवीण चौधरीले बताए । अभियानअन्तर्गत हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको रक्तचाप मापन गरिएको र नगरबाट पनि अभियान शुभारम्भ गरिएको छ ।