लुम्बिनी

झाडापखाला फैलियो, २० जना बिरामी

लमही । दाङको शान्ति नगरमा झाडापखाला फैलिएको छ । शान्तिनगर गाउँपालिका–३ भलानेटीमा झाडापखाला फैलिएको गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताए । उनका अनुसार बिहीबार रातिदेखि फैलिएको झाडापखालाबाट २० जना बिरामी परेका छन् ।

बिरामीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । झाडापखाला प्रभावित क्षेत्रमा अहिले गाउँपालिकाको टोलीसँगै राप्ती प्रादेशिक अस्पतालबाट चिकित्सकको टोली त्यसतर्फ गएको छ । तर झाडापखाला लाग्नुको कारण खुल्न नसकेको गाउँपालिका अध्यक्ष डाँगीले बताए। गएको वर्ष पनि दाङका शान्तिनगर–३ मा झाडापखाला फैलिएको थियो ।