अन्तर्राष्ट्रिय

  सोलोमोन द्वीपमा ६.१ म्याग्नीच्यूडको भूकम्प

सिड्नी ।   सोलोमोन द्वीपमा शुक्रबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको छ  । बुआलाबाट एक सय ४५ किलोमिटर उत्तरपूर्व रहेको स्थानमा सो भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

सो भूकम्पका कारण हालसम्म सुनामीको चेतावनीको सूचना भने जारी गरिएको छैन । भूकम्पपछि जनधनको क्षतिको पनि कुनै समाचार प्राप्त भएको छैन ।